Tuesday, October 8, 2024

कनकाईमा ऐलानी जग्गाको लगत सङ्कलन सुरु

spot_img

२० चैत्र, झापा कनकाई । झापामा पहिलोपटक कनकाई नगरपालिकाले नगरका नौ वटै वडाको ऐलानी जग्गाको लगत सङ्कलन शुरु गरेको छ। वर्षौँदेखि जोतभोग गरिरहेका तर लालपुर्जाविहीन जग्गाधनीलाई सो वितरणका लागि ऐलानी जग्गाको लगत सङ्कलन गरिएको हो।

नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले नगरका ११ हजार घरधुरीमध्ये पाँच हजार बढी घरधुरी लालपुर्जाविहीन रहेको हुँदा पहिलो चरणमा उनीहरुको लगत सङ्कलन गर्ने काम शुरु गरेको बताए ।

एक हप्ताभित्रमा लगत सङ्कलन शुरु गरिसक्ने योजना रहेको सुनाउँदै उनले भने, “स्थानीय सरकार सञ्चालन ऐनले सार्वजनिक, ऐलानी जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ। सोहीअनुसार कानूनको मस्यौदा तयार गर्दैछौँ।”

उनले सार्वजनिक महत्वका जग्गाहरुको नगरले संरक्षण गर्ने र ५०औँ वर्षदेखि भोगचलन गर्दै आएका व्यक्तिको पहिचान गरी उनीहरुलाई लालपुर्जा वितरण गर्न पहल गर्ने योजना रहेको बताए। यतिबेला नगरपालिकाका हरेक वडामा लालपुर्जाका लागि लगत दिनेको भीड छ। रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय