Wednesday, October 9, 2024

सिन्दुर हाल्ने बेलामा बेहुली फरार जन्ती अन्योलमा

spot_img

२० फागुन,धनुषा । विवाहको मूल विधि हुनेबेला नै बेहुली आँखा छलेर फरार भएपछि बेहुला र जन्ती अन्योलमा परेका छन् ।

धनुषाको शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी दलित समुदायकी राम थरकी २० वर्षकी युवतीको आइतबार राति विवाह थियो । विवाहअघि हुने स्वयम्बर धुमधामसँग सम्पन्न भएको केही समयपछि बेहुली फरार हुँदा धनुषाको सबैलाबाट आएको बेहुलासहितको जन्ती बिचल्लीमा परेका छन् ।

इलाका प्रहरी कार्यालय यदुकोहाका अनुसार राति १ बजे बेहुला र बेहुलीको स्वयम्बर सकिएपछि त्यहीँका केही व्यक्तिले बेहुली भगाएका छन् ।  बेहुलीको पहिलादेखि नै प्रेम परेको कारण पहिलाकै प्रेमीसँग भागेको स्थानीय बासिन्दाको आशंका छ ।

मैथिली परम्परा अनुसार स्वयम्बरपछि विवाहको मूलविधि सिन्दुरदान र कन्यादान हुने गर्दछ । बेहुला बेहुलीको स्वयम्बर सकिएर सिन्दुरदान र कन्यादानको तयारी भएको बेला बेहुली भागेकी हुन् । विवाहको मूल विधि हुने बेला बेहुली भागेपछि गाउँमा खैलाबैला मच्चिएको छ भने विवाहको लागि आएका बेहुला र जन्ती निराश भएका छन् ।

फरार बेहुली र उनलाई भगाउन सघाउनेहरुको खोजबिन जारी रहेको प्रहरी निरीक्षक भीम खड्काले जानकारी दिनुभयो । बेहुली भागेको विषयमा दुवै पक्षमा छलफल भइरहेको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय