Monday, October 7, 2024

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन – अमेरिकाको एकपक्षीय नीतिप्रति असन्तुष्ट

spot_img

१२ असोज । न्युयोर्क–प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३औं महासभालाई गएराति सम्बोधन गर्नु भएको छ । विश्व आतंकवादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्था बारे प्रधानममन्त्री ओलीको सम्बोधन केन्द्रित थियो ।प्रधानमन्त्री ओलीले बहुपक्षीय सद्भाव हाल विश्वको आवश्यकता रहेको बताउनुभयो । उहाँले अन्तराष्ट्रिय कानून प्रतिको पवित्रता कायम गर्नु पर्नेमा जोड दिनुभयो । विश्वस्तरका समस्या समाधानका लागी साझेदारी र सहयोगको नीति अपनाउनुपर्नेमा जोड दिदै प्रधानमन्त्री ओलीले नेपाल मानवअधिकारको संरक्षण, सुरक्षा र समानताको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

 

उहाँले अमेरिकाको एक पक्षीय नीतिप्रति असहमति जनाउनु भयो । विना कुनै शत्रुता, सबैसँग मित्रताको पक्षमा नेपाली परराष्ट्र नीति रहेको प्रधानमन्त्रीको भनाइछ । स्वतन्त्रताको लडाईमा रहेका यमन, सिरिया, प्यालेष्टाइनका जनताको मागको सुनुवाइ हुनुपर्नेमा समेत प्रधानमन्त्रीको जोड थियो । प्रवासी श्रमिकहरुको मानवअधिकारको सुरक्षा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

वर्तमान आफू नेतृत्वको सरकार संघदेखि केन्द्रसम्म पूर्ण दुई तिहाइ बहुमत प्राप्त सरकार भएकाले समृद्धि र सुशासनका लागि प्रयासरत रहेको उहाँको भनाइ छ । विदेश नीतिबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले भर्खरै चौथो विमष्टेक सम्मेलन सम्पन्न गरेको र सार्क पनि यथावत रहेको जानकारी दिँदै सबै छिमेकीसँग समान सम्बन्ध राख्ने विदेश नीति रहेको उल्लेख गर्नु भयो ।

प्रधानमन्त्री ओलीले संघको बैठकमा २६ मिनेट सम्बोधन गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्र संघमा सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन परिसरमा नेपाली कांग्रेस निकट् व्यक्तिहरुले मुलुकमा बढी रहेको दण्डहिनताको विषयप्रति आक्रोश व्यक्त गर्दै कालो टिसर्ट लगाएर विरोध प्रर्दशन गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय