Sunday, February 16, 2025

प्रिमियर लिगमा नटिङघम फरेस्टले युनाइटेडलाई हरायो, सिटी र क्रिस्टल प्यालेसको बराबरी

spot_img

२३ मङ्सिर ।   इंग्लिस प्रिमियर लिगमा नटिङघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा नटिङघम फरेस्ट ३–२ ले विजयी भयो ।

खेलको पहिलो हाफ एक/एक गोलको बराबरी भए पनि दोस्रो हाफमा फरेस्टका मोर्गन गिब्स–ह्वाइट र क्रिस उडले गोल गरे । ६१ औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले एक गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त भएन ।

फरेस्ट १५ खेलमा २५ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । समान खेलमा १९ अङ्क रहेको युनाइटेड १३ औँ स्थानमा छ । हिजो भएका अरु खेलमा क्रिस्टल प्यालेस र म्यानचेस्टर सिटीले दुई/दुई गोलको बराबरी खेलेका छन् ।

सिटी १५ खेलमा २७ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । ब्रेन्टफोर्डले न्युकासललाई ४–२ र एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० गोलले हराएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय