पिट्सबर्ग, पेनसिल्भेनिया ( किरात कल्चरल सोसाइटी अफ पिट्सबर्ग, पेनसिल्भेनिया द्वारा आयोजित १४०औं महागुरु फाल्गुनन्द जन्म जयन्ती र उधौली सेवा २०२४ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। पिट्सबर्गको ४२० ब्लुजम ड्राइभमा सामुदायीक माङहिम (मन्दिर) मा आयोजित यस कार्यक्रममा संस्थाका वर्तमान अध्यक्ष जिवन सुब्बाले सभापतित्व गरेका थिए भने कार्यक्रम सञ्चालन अम्बर राईले गरेका थिए।
कार्यक्रमको प्रमुख उद्देश्य विश्व शान्ति, मानव एकता, र सम्पूर्ण प्राणीको रक्षा रहेको, अध्यक्षले बताएका बताएका छन् । कार्यक्रममा उधौली सेवा (मुबेक्वा याक्वा सेवा) को विधिवत पूजा र आफ्नो समाजम अतुल्यनिय योगदान गर्नु हुने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। यस वर्षका प्पारेनटस अफ द एयर, भनेर धन थुलुङ राई सम्मान गरिएको थियो साथै, विभिन्न प्रतियोगीताहरु पनि आयोजना गरियो, जसमा सहभागीहरूले उत्साहका साथ भाग लिएका थिए।
जनियर क्युज प्रतिस्पर्धामा एलिसन राईले प्रथम स्थान हासिल गरे भने, एलुमा राई द्वतिय र साहेल राई तृतिय भएका थिए। सिनियर फ्रि स्पीच प्रतियोगीतामा सलिना राई प्रथम, अनुपा राई द्वतिया र माङहाङ राई तृतिय भएका थिए। विजेताहरूलाई प्रमाण पत्र, गुरु र गुरुमाको तस्बिर, र ट्रफी प्रदान गरिएको थियो। सबै सहभागीहरूलाई सान्तवना पुरस्कार स्वरूप गुरु र गुरुमाको तस्बिर प्रदान गरिएको थियो।
कार्यक्रको अन्त्यमा देउसी भैली कार्यक्रम र सिवा खाहुन (भजन) प्रस्तुति कार्यक्रमले उक्त कार्यक्रको माहोललाई थप रमाइलो बनायो। कार्यक्रममा सात जना माङ सेवा पुजारीहरूले विशेष सेवा सम्पन्न गरेका थिए। सम्मान कार्यक्रमको पनि आयोजना थियो जसमा सहभागिता र योगदानको लागि धन्यवाद व्यक्त गरियो। यस कार्यक्रम जस्तै अन्य ३६ अमेरिकी राज्यहरूमा पनि यस्तै सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन्।
यस कार्यक्रमले प्रवासी नेपाली समुदायलाई आफ्नो मौलिक संस्कृतिमा पुनः जागरुक साथै उत्थान गराउन साथै मानवता र प्राणीहरूको रक्षा गर्ने प्रेरणा दिएको छ।