Monday, December 2, 2024

दोश्रो एकदिवशीय क्रिकेटमा बङ्लादेशले अफगानिस्तानलाई ६८ रनले हरायो

spot_img

२५ कात्तिक । दोश्रो एकदिवशीय क्रिकेटमा बङ्लादेशले अफगानिस्तानलाई ६८ रनले हराएको छ । बङ्गलादेशले दिएको दुई सय ५३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३ ओभर तीन बलमा एक सय ८४ रनमा आलआउट भयो ।

अफगानिस्तानका लागि रहमत साहले सर्वाधिक ५२ रन बनाए । बङ्गलादेशका नसुम अहमदले तीन विकेट तथा मेहदी हसन मिराज र मुस्ताफिजुर रहमानले समान दुई विकेट लिए ।

त्यसअघि युएईको शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७२ रन बनाएको थियो । बङ्गलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ७६ रन बनाए । अफगानिस्तानका नङ्गेलिया खरोटेले तीन विकेट तथा एएम गजन्फर र राशिद खानले समान दुई विकेट लिए ।

यो जीतसँगै तीन खेलको एकदिवशीय शृङ्खला १–१ को बराबरी भएको छ । अब दुई देशबीचको तेश्रो तथा निर्णायक एकदिवशीय खेल भोलि हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय