Sunday, November 24, 2024

सुरुङ्गामा प्रहरीले गर्यो विद्यार्थीहरुलाइ धरपकड र लाठीचार्ज

spot_img

१७ माघ, झापा । नेपाल विद्यार्थी संघले झापामा सुरु गरेको तीन दिने विरोध कार्यक्रम अन्तरगत आज जिल्लाका विभिन्न स्थानमा प्रहरी अवरोधका बीचमा कार्यक्रमहरु गरिएका छन् । सुरुङ्गामा आयोजित कार्यक्रममा भने प्रहरीले धरपकड र लाठीचार्ज गरेको  छन् ।

नेवि संघ झापाले आज हरेक स्थानीय तहमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम बनाएको थियो । सोही कार्यक्रमअनुसार कनकाई नगरपालिकाको सुरुङ्गाचोकमा स्थानीय अगुवा विद्यार्थीहरु अशोक पाठक र उदित दाहालको नेतृत्वमा आयोजित कार्यक्रममा प्रहरीले धरपकड गरेको हो ।

यसैगरी गौरीगञ्ज बहुमुखी क्याम्पसका विद्यार्थीहरुले निकालेको विरोध र्यालीमाथि पनि प्रहरीले दमन गरेको छ । संघीय संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरिएको विरोधमा रहेका गोविन्द केसीको माग पूरा गर्नुपर्ने, निर्मलालाई बलात्कार गरी हत्या गर्ने अपराधी खोजेर कारवाही गर्नुपर्ने लगायतका माग नेविसंघले राखेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय